काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा आफ्नो पक्षमा आएको नतिजाले राम्रो सन्देश प्रवाह गरेको निष्कर्ष निकालेको छ । आज (बिहीबार) बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको बताएका छन् ।
उनले बैठकमा उपनिर्वाचनको प्रारम्भिक समीक्षा, पालिका सम्मेलन र खबरदारी सभालगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिएका छन् । सापकोटाले उपनिर्वाचनबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको दावी समेत गरे ।
पालिका सम्मेलन र खबरदारी सभामा पार्टी केन्द्रित रहने उनले जानकारी दिए । उनले अब पार्टी २०८४ को चुनावका लागि तयारी थाल्ने बताए । ‘विगतमा भएका कमी कमजोरीको समीक्षा गर्दै ८४ का लागि तयार गर्छौं ।’
उनले विद्युत् प्राधिकरणमा उर्जामन्त्री दीपक खड्काले कार्यकक्ष खोलेको विषयमा असन्तुष्टि जनाउँदै सरकार विचौलिया र भ्रष्टाचारीलाई बचाउनतिर लागेको आरोप लगाए ।
‘सरकारले विद्युत प्राधिकरणले गरिरहेको काममा अवरोध सिर्जना गर्ने काम गरेको छ ।