मुक्तक १
नदेखिएको घाउ सहनुको विकल्प छैन व्यर्थ दुखेको घाउ कहनुको विकल्प छैन छूटपटिएर र बिथोलिएर बित्छ रात यसरी, मृत्यु नआएसम्म यहाँ रहनुको विकल्प छैन ।
मुक्तक २
टुक्राटुक्रा हुने, फेरि पूर्ण हुने प्रेमको के मान गर्नु यथार्थ थाँती राखेर विचारविहिन भ्रम भान गर्नु हृदयको दाग लुकाएर चाँदको दागलाई गिजाउनेसँग, आफ्नै रागले चाउरिने मरिचको के बखान गर्नु।
मुक्तक ३
सायद समय दोषी होला मेरो मन यसरी चर्किनुमा या तिम्रो झूट थियो कारण, बाध्य भएर म फर्किनुमा तिम्रो नियति थियो वा बाध्यता, झूट बोल्नुमा तिमीले, तर अब यत्ति बुझ, भूटको असर कति पर्छ म तर्किनुमा ।
मुक्तक ४
भगवानको सृष्टिमा तेरो मेरोको भ्रममा बाँचेका छन् मान्छे यहाँ आफ्नै स्वार्थ बिचार लिएर अहममा बाँचेका छन् मान्छे किसानहरू सधैं दुखी रहन्छन्, दुःख नै गर्ने चाहना राख्छन् दुःख भएपनि आफ्नै मेहनत र परिश्रममा बाँचेका छन् मान्छे ।
– प्रचण्ड गौतम
दोरम्बा गा.पा. ६, रामेछाप
हालः काठमाडौं ।