काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो चैतमा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आज बसेको ११८औं बोर्ड बैठकले आउँदो चैत २३ देखि ३० गतेसम्म १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको राखेपका बोर्ड सदस्य डा। मधुसूधन सुवेदीले जानकारी दिए ।
Advertisement
यसअघि उक्त प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म गर्ने तयारी थियो । तर, तयारी नपुगेको भन्दै तोकिएको मितिमा हुन सकेको थिए । दशौं राष्ट्रिय खेलकुदमा ३५ वटा खेल समावेश हुने सदस्य सुवेदीले बताए ।
२०७९ को असोज–कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदबाटै दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय भएको थियो । खेलकुद मन्त्रीले फागुनमा गर्ने प्रस्ताव गरेपनि खरिददेखि मैदान निर्माणसम्मको विषयले चैतमा गर्न लागिएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस