नवलपुर । विभिन्न २३ देशमा रहेका कृषि यन्त्र परीक्षण केन्द्रमा कार्यरत इन्जिनियर सर्लाही आइपुुगेका छन् ।
आजदेखि मंसिर २५ गतेसम्म नवलपुरस्थित कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्रमा आयोजित तालिममा सहभागी हुन २३ देशका इन्जिनियर सर्लाही आइपुुगेका हुन् । सार्कका ८ राष्ट्रसहित चिन, रुस, थाइल्याण्ड, कम्बोडिया, उज्वेकिस्तानसहित २३ देशका इन्जिनियर तालिममा सरिक हुन यहाँ आइपुुगेका कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्रका प्रमुख रामनाथ झाले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यका बाहिर पहिलो पटक यति धेरै देशका इन्जिनियर भेला भएर कृषि यन्त्र परीक्षण सम्वन्धी तालिम संचालन हुन लागेको हो ।
४ दिने तालिममा कृषि यन्त्र परीक्षणका सम्वन्धमा उपलब्धी, चूनौति, थप अवसरलगायत विषयमा बृहत छलफल तथा प्रशिक्षण चल्ने छ ।
विभिन्न निकायको सहयोगमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र नवलपुरस्थित कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्रले तालिमको आयोजना गरेका हुन् ।