सर्लाही । मधेश प्रदेश रग्वी संघको प्रथम अधिवेशन शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सर्लाहीको लालबन्दीमा सम्पन्न अधिवेशनले सर्लाहीका रन्जित साह अध्यक्ष रहने गरि १३ सदस्यिय मधेश प्रदेश कमिटि गठन गरेको हो ।
मधेश प्रदेश सरकारका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले महोत्तरीका सुरेन्द्र साह उपाध्यक्ष, सिराहाका निशेष श्रेष्ठ सचिव, सर्लाहीकी मनिता हुमागाईं कोषाध्यक्षसहित अन्य जिल्लाका सदस्य रहनेगरि नयाँ प्रदेश कमिटि गठन गरेको नवनिर्वाचित अध्यक्ष साहले जानकारी दिए ।
अधिवेशनमा संघका केन्द्रिय महासचिव गोबिन्द घिमिरे, मधेश प्रदेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयका सचिव चुडामणि फुयाल, माओवादी निकट वाईसिएलका केन्द्रिय सचिव समिर विश्वकर्मा, जिल्ला खेलकुद कार्यालय सर्लाहीका प्रमुख गोपाल बहादुर लामा, नेपाल फुटबल प्रशिक्षक संघका केन्द्रिय उपाध्यक्ष एवं रग्वी संघ सर्लाहीका अध्यक्ष अर्जुन चौधरी, नेपाल अन्तराष्ट्रिय टेक्वान्दो महासंघका केन्द्रिय उपाध्यक्ष प्रभु नारायण शिवाकोटी, लालबन्दी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हरि बहादुर भट्टराई, वडा नम्बर ८ का वडाध्यक्ष शुक्र लामा, १६ का वडाध्यक्ष गणेश थापासहित अन्य खेल प्रेमिहरुको उपस्थिती रहेको थियो ।
मेधश प्रदेश रग्वी संघ तदर्थ समितीका समेत अध्यक्ष रहेका साहको अध्यक्षतामा लालबन्दीस्थित होटल युनाईटेडमा अधिवेशन सम्पन्न भएको हो ।