काठमाण्डौ – मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । काठमाण्डौको जोरपाटीमा रहेको आफ्नै निवासमा सुतिरहेको ठाउँमा उहाँ मृत फेला परेको आफन्तले बताएका छन् ।
उहाँका श्रीमानले बिहान सुनितालाई उठाउन खोज्दा अचेत अवस्थामा फेला पार्नु भएको थियो । त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।
Advertisement
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुनुहुन्छ ।
उहाँलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मानसमेत गरेको थियो ।
पछिल्लो समय उहाँ सुनिता फाउण्डेशन स्थापना गरेर यही संस्थामार्फत बेचबिखनविरुद्ध क्रियाशील हुनुहुन्थ्यो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस