मुम्बई । भारतीय सिनेमाका प्रसिद्ध फिल्म निर्देशक, पटकथा लेखक तथा निर्माता श्याम बेनेगलको सोमबार मुम्बईमा निधन भएको छ । उनले ९० वर्षको उमेरमा अन्तिम श्वास फेरे ।
उनले ७ पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए । श्याम बेनेगलका फिल्महरूले भारतीय सिनेमालाई उत्कृष्ट अभिनेताहरू दिए, जसमध्ये नसिरुद्दीन शाह, ओम पुरी, अमरीश पुरी, अनन्त नाग, शबाना आजमी, स्मिता पाटिल र छायांकनकर्ता गोविन्द निहलानी छन्।
Advertisement
जवाहरलाल नेहरू र सत्यजित रेमाथि डकुमेन्ट्री बनाउनुका साथै उनले दूरदर्शनका लागि ुयात्राु, ुकथा सागरु र ुभारत एक खोजु सिरियलहरू पनि निर्देशन गरेका थिए। एजेन्सी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस