काठमाडौं । गायक एकदेव लिम्बुको पछिल्लो गीत ‘झिमझिमाउने आँखा’ले केही दिन युट्युव चार्ट्समा स्थान पाएको थियो । यो गीत युट्युवको नेपाल ट्रेन्डिङमा अहिले पनि शीर्षस्थानमा छ ।
युट्युवबाहेक यो गीतलाई संगीतको अडियो प्लाटफर्म स्पोटीफाईमा समेत रुचाएको पाइएको छ ।
भारतमा भाइरल हुने शीर्ष ५० गीतको स्पोटीफाई सूचीमा यो नेपाली गीतले पनि स्थान पाएको छ । ‘भाइरल ५०( इण्डिया’को सूचीमा सोमबार बेलुकासम्म ४४ औं स्थानमा छ । रियल टाइम स्ट्रिमिङअनुसार स्पोटीफाईले यो सूची तयार पार्छ ।
यो गीत भारतमा समेत किन चलेको छ भने, एमटीभीको चर्चित रियालिटी शो ‘स्पिल्ट्सभिल्ला’को प्रतिस्पर्धीको रुपमा चिनिएकी दिकिला शेर्पाले गीतको भिडियोमा अभिनय गरेकी छन् । उक्त रियालिटी शोपछि शेर्पाको चर्चा भारतका नेपालीभाषी मात्र होइन, भाषीमाझ पनि उत्तिकै छ ।
लिम्बुको शब्द, गायन र संगीत रहेको गीतमा दिकिलासहित नेपाली अभिनेत्री उपासनासिंह ठकुरीको समेत अभिनय छ ।