काठमाडौँ । गायिका ज्योति मगरले लोकदोहोरी गीत प्रतिष्ठाकी अध्यक्ष रीता थापा मगरले ‘म त ढले ढले’ गीतको सक्सेस पार्टीमा सहभागी जनाएको विषयमा प्रश्न खडा गरेकी छन् । सामाजिक संजालमा एक पोष्ट गर्दै हिजोका दिनमा ‘काले के के बोल्यो मलाई बिस्ताराले पाेल्यो’ गीतलाई संस्कृति भड्काउने गीत भन्दै उफ्रिने लोक तथा दोहोरी गीत प्रतिष्ठानले सक्सेस पार्टीमा केक काट्नुलाई तपाई के भन्नु हुन्छ ? भन्दै प्रश्न उठाएकी हुन् ।
बिहीबार ‘म त ढले ढले’ गीतकाे युट्युबमा ५ करोड भ्युज पुगेको उपलक्षमा निर्माण टिमले आयोजना गरेको सक्सेस पार्टीमा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर सहभागी भएकी थिइन् । उनले प्रतिष्ठानकी अध्यक्षलाई शो कल्ड आदर्शवादी समेत भनेकी छिन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस