पत्रकार जनार्दन पोखरेल ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार-२०८०’ बाट सम्मानित भएका छन्।
बिहीबार प्रेस सेन्टर नेपाल, ललितपुर शाखाको पाँचौँ जिल्ला अधिवेशनमा नेपालखबरका उप-सम्पादकसमेत रहेका पोखरेललाई नगद रकमसहित पुरस्कृत गरिएको हो।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल)ले पोखरेललाई पुरस्कार रकमसहित सम्मान-पत्र प्रदान गरे। पाेखरेल नेपाल खबर डट कममा कार्यरत छन ।
कार्यक्रममा पत्रकार नवराज दाहाललाई पनि नगद पुरस्कारसहित ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार- २०८०’ प्रदान गरिएको थियो।
त्यसैगरी कार्यक्रममा पत्रकारहरु सुरेन्द्र चालिसे, बासुदेव श्रेष्ठ, डिलबहादुर थोकर, रामप्रसाद ढकाल, प्रल्हाद शर्मा हुमागाईँ राममणि घिमिरे र गोकर्ण बराललाई ललितपुर पत्रकारिता सम्मान प्रदान गरिएको थियो।
अधिवेशनले दीपक अर्यालको अध्यक्षतामा प्रेस सेन्टर नेपाल, ललितपुर शाखाको १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको छ।
जसमा कृष्ण पौडेल र उषाकुमारी काफ्ले उपाध्यक्ष, सागर देवकोटा सचिव, रोशन लामा र विसु गुरुङ सहसचिव र मनबहादुर बिक कोषाध्यक्षमा चयन भएका छन्।
सदस्यहरूमा पासाङ घिसिङ, गोपाल सिलवाल, पृथ्वुराज जोशी, अनिल कुमार श्रेष्ठ, विपिन घिसिरे, कमल योञ्जन तामाङलगायत चयन भएका छन्।